
काठमाडौँ, जेठ २० । सहकारी ठगी सम्बन्धी कुनै जाहेरी अभियोजन नपरेको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेज गर्न माग गरिएको रिटको सुनुवाइ आज हुँदैछ । उक्त रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको हो। गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता कार्यालयविरूद्धको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा सुनुवाइ भइरहेको छ।
यसअघि सुनिल पोखरेलको इजलासमा पेशी परेको थियो । निवेदक अधिवक्ता अनुपम भट्टराईले स्थगित गराउन माग गरी निवेदन दिएपछि अर्को पेशी तोकिएको हो। आजको रिटमा गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत विपक्षी बनाइएको छ।
अधिवक्ता भट्टराईले दर्ता गराएको रिटको पेशी पोखरेलको इजलासमा ५ औं नम्बरमा रहेको छ। गत वैशाख २४ गते महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारीको रकम हिनामिनामा कुनै उजुरी र जाहेरी नरहेको भन्दै क्लिनचिट दिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे