
काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मानवता विरुद्धको अपराध मुद्दामा फैसला सुनाउने मिति घोषणा भएको छ। ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले नोभेम्बर १७, सोमबार फैसला सुनाउने जनाएको हो।
जुलाई विद्रोहको क्रममा मानवता विरुद्धको अपराधको आरोपमा दायर उक्त मुद्दामा शेख हसिनासँगै पूर्व गृहमन्त्री असदुज्जमान खान र पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) चौधरी अब्दुल्लाह अल–मामुन पनि सह–अभियुक्त रहेका छन्। प्रारम्भमा शेख हसिनामात्र अभियुक्त थिइन्, तर मार्च १६, २०२५ मा मामुनलाई सह–अभियुक्तको रूपमा समावेश गर्ने अनुमति न्यायाधिकरणले दिएको थियो।
न्यायाधिकरणको तीन सदस्यीय प्यानलमा अध्यक्ष मोहम्मद गोलाम मोर्तुजा मोजुमदार र सदस्यहरू मोहम्मद शफिउल आलम महमूद तथा मोहिमुल हक इनम चौधरी रहेका छन्। मामुनले साक्षी (राज्य साक्षी) को रूपमा बयान दिएका छन्। न्यायाधिकरणको पहिलो सुनुवाइ गत वर्ष अक्टोबर १७ मा भएको थियो, जब शेख हसिनाविरुद्ध पक्राउ वारन्ट जारी गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे