
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाबीच आज औपचारिक रूपमा एकता घोषणा हुँदैछ। रास्वपाका प्रवक्ता मनिष झाका अनुसार एकता घोषणा कार्यक्रम आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा हुनेछ।
दुवै पार्टीले राम्रो शासन र विकासका उद्देश्य मिलेकाले एक हुने जनाइएको छ। विवेकशील साझा पार्टीले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गर्दै निःशर्त एकता गर्ने निर्णय गरेको हो।
विवेकशील साझामा अहिले समीक्षा बास्कोटा अध्यक्ष र रञ्जु दर्शना महासचिव छन्। रास्वपामा रवि लामिछाने सभापति भए पनि सहकारी ठगी प्रकरणमा उनी जेलमा भएकाले पार्टीको जिम्मेवारी हाल डीपी अर्यालले सम्हालिरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे