
काठमाडौँ, ३० फागुन । एएफसी यू–२० महिला एसिया कप छनोट खेलेर राष्ट्रिय महिला टोली स्वदेश फर्किएको छ ।
खेलाडीलाई विमानस्थलमा पूर्व सहसदस्य तथा महिला समितिका संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए ।
समूह बी मा रहेको नेपाल एएफसी यू–२० महिला एसिया कप छनोट दोस्रो चरणमा प्रवेश गरेको छ ।
नेपालले पहिलो खेलमा प्यालेस्टाइन र दोस्रो खेलमा नर्दन मारियाना आइसल्यान्डमाथि ६–० को जित निकालेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे