
काठमाडौँ, जेठ १३ । भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ । रोशन राईले निर्माण तथा प्रशान्त रसाइलीको निर्देशनमा बनेको यो फिल्मा सत्यराजसँगै सुनील पोखरेल, दयाहाङ राई, अरुणा कार्की, विपिन कार्कीलगायत कलाकार मुख्य भूमिकामा रहेका छन् ।
पुनः सम्पादनसहित सार्वजनिक भएको फिल्मको ट्रेलरले सङ्गीत क्षेत्रमा स्थापित हुन आचार्यले गर्नुभएको सङ्घर्षलाई चित्रण गरिएको छ ।
आचार्य फिल्मा भक्तराजको १६ वर्षको साङ्गीतिक जीवनीलाई प्रस्तुत गरिएको छ भने फिल्ममा आचार्यको भूमिकामा उनका सत्यराज र सत्यराजलाई देख्न सकिन्छ । वरिष्ठ सङ्गीतकार तथा गायक आचार्यको निधनपछि फिल्मलाई पुनः रिलिज गर्न लागिएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे