
काठमाडौँ । लुम्बिनी प्रदेशको सातौं प्रदेश सभा अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रदेश सभा सचिवालयका अनुसार अधिवेशनको पहिलो बैठक सोमबार दिउँसो १ बजे बस्नेछ। पहिलो बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउनेछन्। यी पत्रमा सातौं अधिवेशन आह्वान, मन्त्रिपरिषद् पुनर्गठन र छैटौं अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयक सम्बन्धी जानकारी समावेश छ।
प्रदेश सभा सदस्यहरुले शुभकामना आदानप्रदान गर्ने र आफ्नो उपस्थिति–अनुपस्थितिको जानकारी दिने कार्यसूची छ। त्यसपछि दलका तर्फबाट सदस्यहरुले शुभकामना मन्तव्य राख्नेछन्। सातौं अधिवेशन लगातार ५ दिन चल्ने भएको छ। लुम्बिनीमा छैटौं अधिवेशन गत भदौ ३१ गते समाप्त भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे