
काठमाडौँ, २८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ । उनको पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो। राष्ट्रपति भण्डारीले आजै शितल निवासबाट निजी निवासमा सर्ने तयारी गरेका छन् ।
भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन्। त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भइन्।
भण्डारी बुढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने तयारीमा छिन् ।
गत फागुन २५ गते नै नयाँ राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। पौडेलले भोली सोमबार शपथ लिने कार्यक्रम छ । शपथ लिएसँगै उनी निजी निवास बोहराटारबाट शिलत निवास सर्नेछन् ।
भण्डारी नेपालको प्रथम महिला राष्ट्रपति हुन् । गणतन्त्र नेपालको दोश्रो राष्ट्रपतिमा निर्वाचित हुनु पूर्व उनी एक राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उपाध्यक्ष तथा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष थिइन् । स्वर्गीय नेता मदन भण्डारीकी धर्मपत्नी हुन्।
नेकपा एमालेमा रही सकृय राजनीति गरेकी भण्डारी राष्ट्रपति हुनुभन्दा अगाडि नेपालको जनसङ्ख्या तथा वातावरण र रक्षामन्त्री समेत भइसकेकी छिन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे