• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २९, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको देहावसान

१२ घण्टा अघि
२

ग्यास अभावको चर्चा बढेसँगै विद्युतीय चुलोतर्फ उपभोक्ताको आकर्षण

१२ घण्टा अघि
३

विश्वविद्यालय अनुदानमा अनियमितता र वित्तीय पारदर्शिता चुनौती

१४ घण्टा अघि
४

पैठारीमा स्वास्थ्य जोखिम कर छुट: १० करोडभन्दा बढी असुल गर्न बाँकी

१४ घण्टा अघि
५

वैदेशिक नेपालीलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ‘नन–रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ सुरु

१ दिन अघि
६

नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता

१ दिन अघि
७

इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो

१ दिन अघि
८

सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ

१ दिन अघि
९

निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज

१ दिन अघि
१०

भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने

१ दिन अघि
११

अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते

१ दिन अघि
१२

लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८१ पौष २८, आईतबार (१ साल अघि)

नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न

  • 1,851 Views
  • काठमाडौँ, नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक आज काठमाडौँमा सम्पन्न भएको छ। बैठकले दुई देशबीचको व्यापार विस्तार र आर्थिक सम्बन्धलाई सुदृढ गर्न विभिन्न विषयमा सहमति गरेको छ।

    बैठकमा सहभागी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भारत नेपालका लागि सबैभन्दा ठूलो व्यापार साझेदार रहेको उल्लेख गर्दै सहमति कार्यान्वयनमा जोड दिनुपर्ने बताए। उनले आयात-निर्यातका समस्याहरूलाई सहज रूपमा समाधान गर्न दुवै पक्षले समन्वय गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बैठकबाट प्रस्तुत विषयहरूको व्यावहारिक कार्यान्वयन आवश्यक रहेको बताएका थिए। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुवै देशबीच आर्थिक सम्भावना धेरै रहेको उल्लेख गर्दै समस्या समाधानका लागि नीतिगत सुधार र व्यावहारिक उपाय आवश्यक रहेको औंल्याए।

    बैठकमा गैरभन्सार अवरोध हटाउने, नेपाली वस्तु निर्यातका क्रममा बिआइएस प्रमाणीकरण प्रक्रियामा देखिएका समस्याहरू समाधान गर्ने, भैरहवा र पोखरा विमानस्थललाई भारतका सहरसँग जोड्ने तथा जलविद्युत् परियोजनाका लागि विस्फोटक पदार्थ आपूर्तिमा सहजीकरण गर्ने सहमति भएको थियो।

    यसैगरी, नेपाली प्रतिनिधिले भारतीय बन्दरगाहहरू जस्तै मुन्द्रा, धामरा र जवाहरलाल नेहरू बन्दरगाहमा नेपालको पहुँच विस्तार गर्नुपर्ने माग गरेका थिए। संयुक्त बैठकमा व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार विकासका विषयमा विस्तृत छलफल भएको थियो।

    बैठकले जलविद्युत् र नवीकरणीय ऊर्जा, सौर्य तथा वायुप्रधान परियोजनामा सहकार्य गर्दै स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने, सीमापार व्यापार र लगानीलाई प्रवर्द्धन गर्ने, कृषि उत्पादनको कोटा हटाएर आधुनिक बीउ र प्रविधि उपलब्ध गराउने तथा डिजिटल प्रविधि र स्टार्टअपमा सहकार्य गर्ने सहमति गरेको छ।

    बैठकमा भएका सहमति नेपालका वाणिज्य सचिव गोविन्दबहादुर कार्की र भारतीय वाणिज्य सचिव सुनिल वर्थवाललाई हस्तान्तरण गरिएको छ। भारतीय राजदूत नवीन श्रीवास्तवले बैठकलाई दुई देशबीचको आर्थिक सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण ठहर गर्दै सहमतिहरू कार्यान्वयनमा पहल गरिने बताए।

    बैठकको समापनमा नेपालका मञ्च अध्यक्ष भवानी राणाले नेपाल–भारतबीचको व्यापार र लगानीका सम्भावनालाई उपयोग गर्न आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिइन्। भारतीय प्रतिनिधि एन सुनिल कुमारले दुवै देशबीचको सडक, रेल र हवाई कनेक्टिभिटीमा भइरहेको सुधारले थप सहजता ल्याउने विश्वास व्यक्त गरेका थिए।

    संयुक्त व्यापार मञ्चको तेस्रो बैठक भारतको नयाँ दिल्लीमा आयोजना गरिने सहमति भएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको देहावसान
    १२ घण्टा अघि

  • २

    ग्यास अभावको चर्चा बढेसँगै विद्युतीय चुलोतर्फ उपभोक्ताको आकर्षण
    १२ घण्टा अघि

  • ३

    विश्वविद्यालय अनुदानमा अनियमितता र वित्तीय पारदर्शिता चुनौती
    १४ घण्टा अघि

  • ४

    पैठारीमा स्वास्थ्य जोखिम कर छुट: १० करोडभन्दा बढी असुल गर्न बाँकी
    १४ घण्टा अघि

  • ५

    वैदेशिक नेपालीलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ‘नन–रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ सुरु
    १ दिन अघि

  • ६

    नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता
    १ दिन अघि

  • ७

    इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो
    १ दिन अघि

  • ८

    सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ
    १ दिन अघि

  • ९

    निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज
    १ दिन अघि

  • १०

    भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    २

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ३

    झापा–५ मा बालेनको विजय, ओलीले दिए शुभकामना

    नेपाल नक्सा
    ४

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ५

    मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी

    नेपाल नक्सा
    ६

    ५० हजारभन्दा बढी मतान्तरसहित रास्वपाका डा. लेखजंग थापा विजयी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution