
काठमाडौँ ,३ कार्तिक | असोज २८ गते देखि सञ्चालनमा आएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज बिहीबार समापन गरिदैँ छ।नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समापन समारोहका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाने भएका छन् ।समापन समारोहमा प्रधानमन्त्री देउवासहित युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पनि सहभागि रहनेछ ।
प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २:३० बजेपछि पोखरा रङ्गशालामा गरिने भव्य समापन समारोह गरिने हुँदैछ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका उद्घाटने उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए।आज पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल हुँदैछ।
१० औँ राष्ट्रिय खेलकुद आयोजना हुने प्रदेश सहित समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी, गीत सङ्गीत तथा नृत्यलगायतका कार्यक्रम आयोजना गरिने र सो प्रदेशलाई झण्डा हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।
समापन समारोहमा च्याम्पियन टोलीलाई ट्रफी र पुरुष फुटबलका विजेता खेलाडीलाई मेडल प्रदान गरिनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे