
काठमाडौँ, ३ माघ । नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले बढेर १ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ। यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यता, बिहीबार चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेर १८ सय ८० रुपैयाँ कायम भएको छ। बुधबार भने चाँदीको भाउ प्रतितोला १८ सय ३० रुपैयाँ कायम रहेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे