
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । यसअघि तोलामा एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । यसअघि प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे