
काठमाडौँ , २८ माघ । आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतबार सुन प्रतितोला एक लाख ६८ हजार दुई सयमा कारोबार भएको थियो ।
त्यस्तै , आज चाँदीको मूल्य पनि बढेको छ। आज अघिल्लो तुलनामा चाँदी प्रतितोला १५ रूपैयाँ बढेर प्रतितोला एक हजार नौ सय ७५ मा कारोबार भइरहेको महासंहले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार नौ सय ६० मा कारोबार भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे