
काठमाडौँ , २९ माघ । आज नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ७० हजार २०० रहेको छ । हिजो सोमबार छापावाला सुन तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य सोमबारको तुलनामा ६ सय रुपैयाँले बढेको हो ।
यता चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदी एक हजार ९७५ रुपैयाँमा कारोबार भएकोमा आज ३० रुपैयाँले घटेर एक हजार ९४५ मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे