
काठमाडौँ, माघ २५ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार हिजो प्रतितोला एक लाख चार हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार आठ सय तोकिएको छ ।
आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार तीन सय रहेको छ ।
त्यस्तै , आज चाँदीको मूल्य अघिल्लो कारोबार तुलनामा प्रतितोला ५ रूपैयाँले घटेर १ हजार ३१५ रूपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे