
काठमाडौँ ,१८ माघ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ५ सय रूपैयाँले बढेको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ६ हजार ३ सय सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुन प्रतितोला एक लाख ५ हजार ८ सय तोकिएको छ ।
त्यस्तै , चाँदीको मूल्य पनि बुधबार ५ रूपैयाँले बढेर १ हजार ३७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे