
काठमाडौँ ,२२ माघ । आज नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। सोमबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला एक हजार नौ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, सोमबार प्रतितोला एक हजार आठ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार प्रतितोला एक हजार नौ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासंहले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे