काठमाडौँ, २० भाद्र । साता दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रति तोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ९३ हजार ७ सय रुपैयाँ पुगेको छ।
तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार २ सय रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय १५ रुपैयाँ कायम भएको छ। चाँदी मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय १० रुपैयाँमा कारोबार भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे