
काठमाण्डौँ , ११ फागुन । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंहका अनुसार आज छापावाल सुन तीन सय रुपैयाँले बढेर सुन प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँ मा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार रूपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो । शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे