काठमाडौँ, १५ भाद्र । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघका अनुसार मंगलबार प्रति तोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सयले घटेर प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ।
त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ३० रुपैयाँ कायम भएको छ। चाँदी मूल्य प्रति तोला १० रुपैयाँले घटेको छ। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे