
काठमाडौं , २६ कात्तिक। नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६६ हजार रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १९५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे