
काठमाडौँ, १७ भाद्र। कारोबारको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार बिहिबार प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला ९३ हजार रुपैयाँमा कारोबार भईरहेको छ।
तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ५ रुपैयाँ कायम भएको छ। चाँदी मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे