
काठमाडौँ , २४ माघ । नेपाली बजारमा आज ९बिहीबार० सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।
बुधबार प्रतितोला एक हजार नौ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे