
काठमाडौँ , २८ पुस | सत्ता गठबन्धनको बैठक आज (बिहीबार) बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विश्वासको मत लिए पछि मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक आज बस्दैछ । प्रचण्डले हिजो साँझ मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गर्न ओलीसँग भेटवार्ता गरेका थिए ।
सत्ता गठबन्धन दलबीच मन्त्रालय भागबण्डा टुंगिएको छैन ।आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुंगो लगाउने तयारी गरेको छ ।
आजको बैठकबाट यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालयको भागवण्डाको टुंगो लगाउने कार्यक्रम रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे