काठमाडौँ, २४ जेठ । १९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटअन्तर्गत नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भएको छ । हारसँगै नेपाल यू–१९ महिला टी–२० विश्वकप खेल खेल्न सम्भावना समाप्त भएको छ ।
मलेसियामा भएको खेलमा थाइल्यान्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपाल एक बल बाँकी छँदै ४० रनमा अलआउट भयो । नेपालकी श्रृष्टि जोशीले सर्वाधिक सात रन बनाइन् । यस्तै साना प्रविनले ६, अनु कडायतले ५, अञ्जली विश्वकर्मा, मनिषा उपाध्याय र कृतिका मरासिनीले तीन÷तीन रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ७ विकेट गुएर ८९ रन बनाएको थियो । थाइल्यान्डका लागि थिपत्चा पुत्थावोङले २० रन जोडिन् । बान्थिदा लेप्हाथानाले १९ तथा सुवानन खिओतोले १६ रन बनाइन् । नेपालकी मनिषाकुमारी उपाध्याय र कृतिका मरासिनीले समान दुई विकेट लिए ।
नेपालले चार खेलमा दुईमा जित र दुई वटामा हार बेहोरेको छ । थाइल्यान्डले भने चार वटै खेल जितेको छ ।
यस्तै यूएईले तीन वटा खेलेकोमा सबैमा जितेको छ । नेपालले अन्तिम खेलमा पर्सि मलेसियासँग खेल्नेछ । शीर्ष टोली दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको महिला विश्व कपमा पुग्नेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे