
काठमाडौं ,१९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।प्रधानमन्त्री प्रचण्डले आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रधानमन्त्रीले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए ।
स्वास्थ्यमा समस्या देखिएकाले राष्ट्रपति पौडेल शनिबारबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे