
काठमाडौँ , १२ माघ । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादी एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको घोषणा गरेका छन। घोराहीमा आयोजित पत्रकार भेटघाटमा उ नले माओवादी सत्ताभन्दा जनतालाई प्राथमिकता दिने र देशभर सुशासन र समृद्धिको अभियान चलाइरहेको बताए। प्रचण्डले माओवादीलाई एक्लै चुनाव लड्न नसक्ने पार्टी भनेर आरोप लगाउने धारणा खारेज गर्दै, माओवादी अरुलाई आफ्नो समर्थनमा ल्याउने पार्टी भएको स्पष्ट पारे।
उनले माओवादीको प्राथमिकता भनेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि रहेको र पार्टी चुनावमा एक्लै जाने तयारीमा रहेको बताए। माओवादीले उपनिर्वाचनबाट यसका लागि अभ्यास गरेको र राम्रो संकेत प्राप्त गरेको प्रचण्डले बताए।
अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न कांग्रेस र एमालेसँग सहकार्यको आवश्यकता रहेको पनि प्रस्ट पारे। उनका अनुसार, शान्ति सम्झौताका बाँकी काम पूरा गर्न पार्टीहरू बीच मिलेर काम गर्नु पर्छ।
साथै, प्रचण्डले स्थानीय विकास योजनामा टरीगाउँ विमानस्थलको स्तरवृद्धि पहलकदमीको महत्त्व र यस क्षेत्रमा माओवादीको सक्रियता बारे जानकारी दिए। उहाँले भने, “विगतमा राजनीतिक कारणले यसमा प्रगति हुन सकेन, तर अहिले सबै दल सहमत भएका छन्।” अध्यक्ष प्रचण्डले कांग्रेस(एमालेको सरकार लामो समय टिक्न नसक्ने आकलन पनि व्यक्त गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे