
काठमाण्डौ पुष,६।राजधानीको हिमालय होटलमा आयोजित एकदिवसीय सम्मेलनमा उच्च शिक्षा भर्नाको क्षेत्रमा भएका पछिल्लो गतिविधि, समसामयिक अभ्यास र नवप्रवर्तनात्मक विचार आदान प्रदान गर्न आयोजना गरिएको हो ।
उक्त कार्यक्रम भारतको राष्ट्रिय मूल्याङ्कन तथा मान्यता परिषद् (एनएएसी) र टाइम हायर एजुकेशनसँगको सहकार्यमा भएको थियो ।
कार्यक्रममा दुईवटा सत्र सम्पन्न भएका थिए जसमा नेपाल र भारतका धेरै विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुको सहभागिता थियो ।
अन्तरक्रिया सत्रहरूमा, वक्ताहरूले अन्तर्राष्ट्रिय विद्यार्थी गतिशीलता, अन्तर्राष्ट्रिय विद्यार्थी व्यवस्थापनमा नवीनताका मुद्दाहरूबारे छलफल गरेका थिए ।
त्यसैगरी उनीहरुले नेपाल र भारत दुवै देशमा उच्च शिक्षामा सहकार्यको महत्वबारे छलफल गरेका थिए ।
सेपका प्रबन्ध निर्देशक सञ्जय थापाका अनुसार कन्क्लेभ सफलतापूर्वक सम्पन्न भएको र यसले दुवै देशका शैक्षिक संस्थालाई जोड्ने महत्व बुझाउन मद्दत गरेको बताए ।
सम्मेलनले नेपाल र भारतका विश्वविद्यालय र कलेजहरूबीच नयाँ साझेदारी पनि विकास गरेको थापाले बताए ।
कार्यक्रममा गुरु नानक विश्वविद्यालय, एमिटी युनिभर्सिटी र भेल्लोर इन्स्टिच्युट अफ टेक्नोलोजी लगायतका विभिन्न भारतीय शैक्षिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे