
काठमाडौं ,असार ३१ ।जुपिटर मिडियाले बेलायतको शैक्षिक गन्तव्यलाई केन्द्रमा राख्दै बेलायतका विभिन्न शहरहरुको भ्रमण गरेर त्यहाँ रहेका शैक्षिक संस्थाहरुको बास्तविकता, नेपाली विद्यार्थीहरुको अवस्था तथा उनीहरूका विभिन्न गुनासा तथा समस्याहरूका उठान गर्दै युकेमा रहेका नेपाली समुदाय तथा नेपाली विद्यार्थीहरूले प्राप्त गरेका विभिन्न सफलताहरुको स्थलगत अध्ययन सहितको यथार्थता प्रस्तुत गर्ने महान उदेश्यका साथ प्रारम्भ गरेको श्रव्य दृश्यात्मक टेलिभिजन कार्यक्रम, डेस्टिनेशन यूके टेलिभिजन कार्यक्रमको औपचारीक समुद्धघाटन समारोह भव्यताका साथ सम्पन्न गरेको छ । जुलाई १४ तारीकका दिन, काठमाण्डौ बानेश्वरमा रहेको होटल एभरेष्टमा आयोजना गरीएको उक्त विशेष समारोहमा नेपाली शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिती रहेको थियो ।
कार्यक्रमको प्रायोजकका रुपमा युनिभसीर्टी अफ वोल्भरह्याप्टन, युनिभसीर्टी कलेज बर्मिंग्हाम, सोलेन्ट युनिभसीर्टी, युनिभसीर्टी अफ हर्टफोर्डसायर, युनिभसीर्टी अफ बेडफोर्डचेयर, युनिभसीर्टी अफ वोस्टर, युनिभसीर्टी अफ सेन्टर ल्यानक्यासार रहेका थिए । त्यस्तै सह-प्रायोजकका रुपमा युनिभसीर्टी अफ क्रियटिभ आर्टस, अक्सफर्ड इन्टरनेसनल , योर्क सेन्ट जोन युनिभसीर्टी र युनिभसीर्टी अफ दि वोस्ट अफ स्क्टल्याण्ड रहेका थिए।
न्युज २४ टेलिभिजन मार्फत प्रसारण गरिने डेस्टिीनेसन युके टेलिभिजन कार्यक्रमको ट्राभल पार्टनरको रुपमा सेगल नेपाल, क्रियटिभ पार्टनको रुपमा विभुती सोलुसन र अनलाई मिडिया पार्टनरको रुपमा एडुकास्ट नेपाल तथा नेपाल नक्सा रहेका छन।
कार्यक्रमको उद्घाटन युनिभसीर्टी अफ वोल्भरह्याम्प्टनका उपकुलपति प्रोफेसर इब्राहिम आदिया र जुपिटर मिडियाका अध्यक्ष राजु आचार्यद्वारा संयुक्तरूपमा पानसको दीप प्रज्वलन सहित भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै जुपिटर मिडियाका अध्यक्ष राजु आचार्यले सम्पूर्ण अतिथिलाई उहाँहरूको गरिमामय उपस्थितीका लागि हार्दिक धन्यवाद व्यक्त गर्नु भयो । आचार्यले स्थापनाकालदेखि नै जुपिटर मिडियाले नेपाली शैक्षिक क्षेत्रको दिगो विकासमा केन्द्रित रहेर, नेपाली अभिभावक तथा विद्यार्थीहरूलाई उनीहरूको उज्वल भविष्यका लागि मार्ग निर्देशन गर्ने आफ्नो उद्देश्यलाई पछ्याउँदै आएको र आगामि दिनहरुमा पनि यसलाई निरन्तरता दिदै थप उत्साहका साथ अगाडि बढ्न आफ्नो टिम दत्तचित्तका साथ लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
त्यस्तै एसोसिएसन अफ ब्रिटिश एलुम्नाइ इन नेपाल (एबीएएन) का पूर्व अध्यक्ष उत्तम पन्तले जुपिटर मिडियाले नेपाली शैक्षिक क्षेत्रमा पुर्याएको योगदानहरूको चर्चा गर्दै डेस्टीनेसन युके प्रोग्राम मार्फत नेपाली विधार्थी तथा अभिभावकहरूले बेलायत अध्ययनको बारेमा सही जानकारी पाउने विश्वास व्यक्त गर्नु भयो। नेपाली समाजमा ब्रिटिश शैक्षिक गतिविधिको ऐतिहासिक पृष्ठभूमि आकर्षक ढङ्गबाट प्रस्तुत गर्दै उहाँले डेस्टीनेसन युके प्रोग्रामको पुर्ण सफलताको कामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा ब्रिटिश काउन्सिलका हेड अफ अपरेसन सुबिन बज्राचार्यले जुपिटर मिडियाद्वारा शैक्षिक क्षेत्रका विभिन्न समस्याहरुको उजागर गर्नुका साथै नेपाल भित्र र बाहिरका शैक्षिक अवसरहरुलाई पनि उजागर गर्ने कार्य निरन्तर भएको तथ्यहरू बताउनु भयो। उहाँले व्रिटिस शैक्षिक प्रणालीको पृष्ठभूमि, उपयोगिता, महत्व,चुनौतीहरू र सहभागितालाई समेटेर आफ्नो धारणा प्रस्तुत गर्नु भयो। डेस्टीनेसन युके कार्यक्रमले नेपाली विद्यार्थी अभिभावकहरूलाई युके अध्ययनका विभिन्न पक्षहरू तथा अध्ययन पश्चातका विभिन्न अवसरहरुलाई प्रस्तुत गर्न सक्ने आशा व्यक्त गर्दै बज्राचार्यले कार्यक्रम सफलताको सुभकामना व्यक्त गर्नु भयो ।
मन्तव्यकै क्रममा युनिभसीर्टी अफ वोल्भरह्याम्पटनका इन्टरनेसनल, डिरेक्टर अफ ग्लोबल अपर्चुनीटीज, सेर्गिन मोनप्लेले जुपिटर मिडियाको डेस्टिनेसन युके कार्यक्रम अत्यन्त प्रशंसा योग्य कार्यक्रम भएको भन्दै हृदयदेखि नै खुलेर कार्यक्रम पुर्ण सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
त्यस्तै कार्यक्रममा डेस्टिनेशन यूके को बारेमा तयार पारिएको जानकारीमुलक पुस्तिकाको अनावरण जुपिटर मिडियाका चेयरपर्शन राजु आचार्य र युनिभसीर्टी अफ वोल्भरह्याम्प्टनका उपकुलपति प्रोफेसर इब्राहिम आदियाले संयुक्त रुपमा गर्नुभएको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै डेस्टीनेसन युके कार्यक्रमका मुख्य प्रायोजक बिज एजुकेसनका चेयरपर्शन हरि कार्कीले युके अध्ययनको लागि नेपाली विद्यार्थी र अभिभावकहरूले राम्रो तयारी गर्दै आगाडि बढ्नु पर्ने सुझाव दिनुभयो। नेपालीहरुले नेपालमै अवसरहरुको सृजना गर्नु पर्ने आवश्यकता औल्याउदै कार्कीले डेस्टीनेसन युके कार्यक्रमको सफलताको सुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथिहरूलाई उहाँहरूको गरिमामय उपस्थितको लागी धन्यवाद व्यक्त गर्दै मायाको चिनो समेत प्रदान गरिएको थियो ।
प्रशन्नता सहित कार्यक्रममा आफनो मन्तव्य राख्दै युनिभसीर्टी अफ वोल्भरह्याम्प्टनका उपकुलपति प्रोफेसर इब्राहिम आदियाले जुपिटर मिडियाको डेस्टीनेसन युके कार्यक्रमले युके अध्ययनको विभिन्न सम्भावना तथा अवसरहरुको बारेमा जानकारी गराउन सफल भएकोमा शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रमको अन्त्यमा जुपिटर मिडियाका निर्देशक सुनिल आचार्यले जुपिटर मिडिया प्रारम्भ देखि नै नेपाली शैक्षिक क्षेत्रका विभिन्न अवसरहरूलाई प्रवद्धन गर्न अहोरात्र खटिरहेको स्मरण गराउनु भयो । युके पछिल्लो समय नेपाली अभिभावक तथा विद्यार्थीहरूको लागि प्रमुख गन्तव्यको रुपमा रहेको परिपेक्ष्यलाई ध्यानमा राख्दै आफ्नो टिमले गन्तव्य स्थलमै पुगेर गरेको रिपोटींग तथा कार्यक्रमले युके अध्ययनमा रहेको विभिन्न भ्रमहरुलाई चिर्दै सत्य तथ्य जानकारी प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले कार्यक्रम उत्पादनमा सहयोग गर्नु हुने प्रयोजक तथा सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्ने क्रम सकिए पछि कार्यक्रमको समापन गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे