
काठमाडौँ ,२५ भाद्र |स्ट्डी इन अब्रड भन्ने मूल नाराका साथ आगामी सोमबार राजधानीमा प्रथम अब्रड एजुकेशन फेयर आयोजना हुने भएको छ ।
NOVA EDUCATION AND CONSULTING SERVICES ले भाद्र २७ गते सोमबार बिहान १० बजे देखि ५ बजे सम्म काठमाडौंको पुतलीसडकमा, शंकरदेव क्याम्पस चोक को ट्रिनिटी हाउस को भुईं तत्लामा रहेको नोभा एजुकेशन एण्ड कन्सल्टीङ सर्भिसेजको आफनै कार्यालय को प्रांगण मा आयोजना गर्न लागेको शैक्षिक मेलामा अष्ट्रेलिया संयुक्त राज्य अमेरिका, क्यानाडा, न्यूजील्याण्ड र यूकेमा बिभिन्न बिषयमा पढ्न चाहने विद्यार्थीहरुको लागी बिभिन कलेज र युनिभर्सिटीका साथ साथै शैक्षिक ऋण र बीमा सेवा गरि १०ओटा संस्थाहरुको सहभागिता रहने आयोजक पक्षले जानकारी गराएको छ ।
THE FIRST ABROAD EDUCATION FAIR 2022 यस वर्ष कक्षा ११, १२ अध्ययन गदै रहेको र कक्षा १२ को परीक्षा सकेर बसेका साथै ब्याचलर्स र मास्टर्सका हजारौं विद्यार्थीको सहभागिता रहने नोभा एजुकेशन एण्ड कन्सल्टीङ सर्भिसेजका कार्यकारी निर्देशक रमण कोइरालाले बताउनुभयो । मेलामा छात्रवृत्ति, अध्ययन पछि काम र अष्ट्रेलिया साथै अरु बिभिन्न देशका नयाँ भिजा नियम का बारेमा पनि जानकारी दिइनेछ।
सहभागीहरू मध्य भाग्यशाली सय जना विद्यार्थीलाई निःशुल्क IELTS र PTE कक्षाहरू उपलब्ध गराइनेछ र एक भाग्यशाली विजेतालाई निःशुल्क हवाई टिकटको समेत ब्यबस्था गरीएको छ।
यो मेलामा विद्यार्थीले आफुले अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानाडा, न्यूजील्याण्ड र यूके जान आवश्यक शैक्षिक परामर्श निशुल्क लिन पाउने र थुप्रै उपहारको साथ साथै छात्रवृत्तिको पनि ब्याबस्था भएको आयोजक को भनाइ छ, भने मेलाको इभेन्ट मेनेजर इन्टरडक्सन ट्रेड सो नेपाल प्रालि रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे