
काठमाण्डौ। हिजो मिति २०८१ साल चैत्र २२ गते, नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश अन्तर्गत उधमी–व्यवसायी महाशाखाको शैक्षिक परामर्श शाखाको दोस्रो सम्मेलन काठमाडौंको बागबजारस्थित हार्दिक होटेलमा सम्पन्न भएको छ। सम्मेलन एक भव्य र उत्साहजनक वातावरणमा सम्पन्न भएको बताइएको छ।
उक्त कार्यक्रममा उपत्यका विशेष प्रदेशका सह–इन्चार्ज कमरेड रमेश मल्ल प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो भने महाशाखा इन्चार्ज कमरेड कृष्ण के. शी. को विशेष उपस्थिति रहेको थियो। निर्वाचन समिति संयोजक कमरेड बाबा बस्नेतले सम्मेलनको अध्यक्षताका लागि कमरेड ज्ञानेन्द्र मान जोशीको नाम प्रस्ताव गर्दै नयाँ शाखा समिति सर्वसम्मत रूपमा निर्वाचित भएको घोषणा गर्नुभएको थियो।
सर्वसम्मत रूपमा चयन भएको कार्यसमितिमा अध्यक्षमा कमरेड ज्ञानेन्द्र मान जोशी चयन हुनु भएको छ। उपाध्यक्षहरूमा कमरेड भवनाथ हुमागाईं, कमरेड गीता कुमारी रिजाल र कमरेड फिलिप डिसी निर्वाचित हुनु भएका छन्। सचिवमा कमरेड सन्तोष सापकोटा, सह–सचिवमा कमरेड गोविन्द आचार्य र कोषाध्यक्षमा कमरेड गौतम पुडासैनी चयन हुनु भएको छ।
त्यस्तै, सदस्यहरूमा कमरेड मनोज जोशी, राजेन्द्र मैनाली, टिकाराम आचार्य, पवन पौडेल, बिमल राज गिरी, सुजन योनजन, सुजन आचार्य, मन कुमार तामाङ र वसन्त सापकोटा निर्वाचित भएको जानकारी दिइएको छ। साथै, उपशाखा ‘क’ का अध्यक्षमा कमरेड सूर्य खतिवडा र उपशाखा ‘ख’ का अध्यक्षमा कमरेड रविन के.सी. निर्वाचित हुनु भएको छ।
सर्वसम्मत रूपमा निर्वाचित सम्पूर्ण कमरेडहरूलाई आयोजक समितिको तर्फबाट क्रान्तिकारी बधाई ज्ञापन गर्दै सफल, सशक्त र जनमुखी कार्यकालको शुभकामना व्यक्त गरिएको छ। शैक्षिक परामर्श क्षेत्रको सशक्त संगठन निर्माणमा यस सम्मेलनले महत्वपूर्ण योगदान पुर्याउने विश्वास कार्यक्रमका सहभागीहरूले व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे