काठमान्डौ |साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढेको नेप्से आज भने गिरावट आएको छ । आज नेप्से परिसूचक ११.८२ अंकले गिरावट आएर १९२१.३१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंकले घटेको छ ।
कारोबारमा आएका २३० कम्पनीको ३० लाख ३७ हजार ६३० कित्ता शेयर १ अर्ब ५ करोड ८२ लाख २४ हजार ४७२ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेप्से घट्दा उपसूचक समूहहरूमा पनि त्यसको प्रभाव परेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे