
काठमाडौँ, २८ चैत । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आठ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ। बैंकले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै गत साउनदेखि फागुन महिनासम्मको प्रतिवेदन सार्वजनिक गरेको हो।
जसमा मुद्रास्फिति नियन्त्रित र घट्ने दिशामा रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।
वैदेशिक व्यापारमा आयात, निर्यात र व्यापार घाटाको वृद्धिदर ऋणात्मक रहेको छ । विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ भने अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा उल्लेख्य सुधार भएको राष्ट्रबैंकले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे