
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ १०० रुपैयाँको नोट चलनमा ल्याएको छ। बैंकले जानकारी दिँदै यो नोट पहिलेको जस्तै आकार र रंगमा भए पनि कहाँ–कहाँ नयाँ सुविधा र सुरक्षा चिन्ह राखिएको बताएको छ।
नयाँ नोटमा बायाँतिर सगरमाथा, दायाँतिर लालीगुराँसको पानीछाप, बीचमा नेपालको नक्सा र अशोक स्तम्भ छ। दृष्टिविहीनले छामेर पहिचान गर्न एक कालो थोप्ला पनि राखिएको छ।
नोटमा २ मिमि चौडाइको सुरक्षा धागो रहेको छ, जसले सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ। नोटमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र वि।सं। २०८१ को सिरिज छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे