
काठमाडौँ, १४ भाद्र । नेपाल राष्ट्र बैंकले यस बर्ष पनि दशैंको लागी नयाँ नोट वितरण गर्नै भएको छ । राष्ट्र बैंकका अनुसार यस बर्ष रु ५, रु १०, रु २०, रु ५० र रु १०० दरका १० अर्व नयाँ नोट बजारमा पठाउन लागेको हो ।
यसअघि २०७८ को दशैमा ८ अर्व मात्र नयाँ नोट बजारमा पठाएको राष्ट्र बैंकले यो बर्ष २ अर्व बढि गरी १० अर्व सर्वसाधरणलाई वितरण गर्न लागेको हो । यस बर्ष सर्वसाधरणले मागेजति नयाँ नोट दिने केन्द्रिय बैंकले जनाएको छ ।
केन्द्रिय बैंकले भाद्र २६ गतेदेखि बजार नयाँ नोटहरु पठाउने तयारी गरेको छ भने बैंक तथा वित्तिय संस्थाहरुले तोकिएको समयमा तोकिएको मुख्य तथा शाखाहरुबाट सर्वसाधरणलाई सटही सुविधा दिनेछन् ।
नेपालीहरुको महान चाड दशैंमा टिका र जमरासँगै नयाँ नोट दिने प्रचलन चल्दै आएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे