
काठमाडौँ । कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का सञ्चालक रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा निर्माण गरेका संरचना भत्काइएका छन्।
स्काउटको तीन रोपनी जग्गा भाडामा लिएर कार्यालय सञ्चालन गरिए पनि खड्काले लामो समयदेखि भाडा तिरेका थिएनन्। सम्झौता २०७५ सालमै सकिएको र अदालतको आदेश तथा स्काउटका पटक–पटकका सूचनालाई बेवास्ता गरेपछि बिहीबार प्रशासनले डोजर चलाएर संरचना हटाएको हो।
खड्काले उक्त क्षेत्रमा करिब १२ रोपनी जग्गा अतिक्रमण गरी पार्टी प्यालेस र रेस्टुराँ सञ्चालन गर्दै आएका थिए। जिल्ला प्रशासन कार्यालयले यसअघि नै जग्गा र भवनमा सिलबन्दी गरे पनि भाडा नतिरेकाले अन्ततः स्काउटको मागअनुसार संरचना भत्काइएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे