
काठमाडौँ, ९ माघ । काठमाडौँ महानगरपालिकाले आजदेखी न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ्गमा रोक लगाएको छ । महानगरले यसको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध गराइएको छ । यस ठाउँमा ३ सय वटा चारङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्छ ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार उक्त एरियामा पार्किङ् निषेध गरेर विशेष सरसफाइ गर्ने योजना रहेको बताए ।
उहाँकाअनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ् निषेध गरिनेछ ।
‘कालोपत्रे सडकमा सवारी पार्किङ् निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ, ‘पाण्डेले भने ।’
यसअघि महानगरले झोँछे क्षेत्रमा सवारी पार्किङ् निषेध कार्यान्वयन गरिसकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे