
काठमाडौं, पुस २२। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सोमबार पनि बस्दै छ । आइतबारदेखि धुम्बाराहीस्थित एक बैंक्वेटमा शुरु भएको बैठक आज पनि बस्दैछ ।
बैठकको पहिलो दिन आइतबार अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो । दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीका केन्द्रीय सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, स्रोत खुलाउनु पर्र्नेलगायतका एजेण्डा उल्लेख गरेका थिए ।
आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल शुरु हुँदैछ । बिहान ११ बजे शुरु हुने बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने नेता हितबहादुर तामाङले जानकारी दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे