
काठमाडौं , ३ जेठ । प्रतिनिधिसभाको बैठक ४ बजेका लागि सरेको छ। बिहान ११ बजे बस्ने तय भएको बैठक चार बजेका लागि सारिएको हो ।नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभाको आज बस्ने बैठक सञ्चालनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अवरोध जारी राख्ने घोषणा गरेको सन्दर्भमा सभामुखले छलफल गरेका थिए । सभामुख सचिवालयका अनुसार, बैठक सहज बनाउन सभामुखले नेताहरुसँग पनि सम्वाद जारी राखेका छन् ।
नेपाली कांग्रेस, एमाले, माओवादी देखि राप्रपासम्मका संसदमा रहेका दलका प्रमुख सचेतक सभामुखसँगको छलफलमा सहभागी थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे