
काठमाडौं , जेठ ६। सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदिय समितिको टिओआर बनाउन गठित कार्यदलको बैठक अहिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ । आजको बैठकमा हिजो गठन गरिएको संसदिय समितिको कार्यादेश टीओआर टुंगो लगाउने भनिए पनि संसदीय छानबिन समिति गठन गर्ने सहमति जुटाएका दलहरु कार्यक्षेत्रको विवादमा अल्झिएका छन्। सिंहदरबारमा जारी बैठकले दलहरुको समितिको कार्यक्षेत्रका विषयमा सहमति जुटाउन नसक्दा प्रतिनिधि सभाको बैठक नै अनिश्चित बनेको छ।
समितिको संयोजन सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले गर्नुहुनेछ भने कांग्रेसको तर्फबाट सहमहामन्त्री जीवन परियार, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद शिशिर खनाल समितिमा रहेका छन् ।प्रतिनिधि सभा बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रतिपक्षी दलहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधिसभा बैठकमा बोल्न दिने भएका छन् । आज बिहान बसेको कांग्रेससहित विपक्षी दलहरूको बैठकले गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने निर्णय गरेको हो ।
प्रतिपक्षी दलहरुले आजको बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न अवरोध नगर्ने भएका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदनमा रहेका विपक्षी दलका नेताहरूलाई छलफलका लागि आज बिहान संसद भवन नयाँ बानेश्वरमा बैठक बोलाएका थिए।
आजको बैठकमा गृहमन्त्री लामिछानेको जवाफ चित्त बुझे संसद कार्यसूचीमा अगाडि बढ्ने नभए प्रधानमन्त्रीले भोलि लिने विश्वासको मत समेत प्रभावित हुने नेपाली कांग्रेसले निर्णय गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे