
काठमाडौँ, जेठ ३ । नेकपा (माओवादी ) केन्द्रले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन ।
एक महिना अगाडी मुख्यमन्त्री नियुक्त भएका सोडारीले यसअघि वैशाख २१ र २२ गते समेत विश्वासको मत लिन खोजेका थिए तर एमालेले निर्णय नगर्दा विश्वासको मत लिने कार्यक्रम स्थगित भएको थियो। सोडारीलाई विश्वासको मत पाउन २७ जनाको समर्थन आवश्यक पर्छ ।
मुख्यमन्त्री सोडारीलाई एमालेका ११ , माओवादी केन्द्रका १० , एकीकृत समाजवादीका ४ , नागरिक उन्मुक्तिका २ र स्वतन्त्र १ जना गरेर २८ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ। नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे