
काठमाडौँ, फागुन ३० । माओवादी धारका नेताहरुले मंगलबार नागरिक अगुवा र बुद्धिजीविहरुसँग गर्ने भनिएको छलफल स्थगित भएको छ । कार्यक्रमस्थल व्यवस्थापन हुन नसक्दा छलफल स्थगित गरिएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।
गत २६ गते बसेको माओवादी धारका पार्टीहरुको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीविहरुसँग छलफल ,अन्तरक्रिया गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार माओवादी धारका ९ पार्टीहरूले आज बुद्धिजीवी र नागरिक अगुवाहरूसँग छलफल गर्न लागेका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे