
काठमाडौँ , २९ माघ । संघीय संसद्का प्रतिनिधिसभाको बैठक आज पनि जारी छ, जसको समय दिउँसो १ बजे निर्धारण गरिएको छ।
बैठकमा उद्योग, वाणिज्य र आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी ९नियमन० विधेयक, २०८१ को प्रस्तुतीका लागि अनुमति माग्ने सम्भावना छ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा राज्य व्यवस्था र सुशासन समितिको प्रतिवेदनसहित भ्रष्टाचार निवारण ९पहिलो संशोधन० विधेयक, २०७७ को छलफलका लागि प्रस्तुत गर्ने छन्। छलफलपछि, प्रधानमन्त्रीले उक्त विधेयक पारित गर्नका लागि प्रस्ताव अघि बढाउने तयारी गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे