
काठमाडौं, साउन १ । साउन महिनाभर सञ्चालन हुने ऐतिहासिक पशुपति कोटिहोम महायज्ञ सुभारम्भ भएको छ।
आयोजक र अन्य सामाजिक तथा धार्मिक संघसस्थाहरु पनि महायज्ञ संचालन सहभागी भएका छन् । उपत्यका भित्रका सामाजिक तथा धार्मिक संघसस्थाहरुमा आबद्ध रहेका व्यक्तिहरु कार्यक्रम परिसरमा उपस्थित भई निःशुल्क स्वयंसेवा गरिरहेको आयोजक समितिले जानकारी दिएको छ।
कार्यक्रम स्थल वनकाली हंसमण्डप, कैलाशडाँडालगायत पशुपति क्षेत्र सरसफाइदेखि पण्डाल र हवन कुण्ड निर्माणलगायतको कार्यमा निःशुल्क स्वयंसेवा गर्ने व्यक्ति तथा सामाजिक संस्था बढदै गइरहेको आयोजकको भनाइ छ। उपत्यकाबाट अहिले दैनिक समूहका पदाधिकारीहरु तथा व्यक्तिगत रुपमा सयौंको संख्यामा सहभागी भएर सेवा प्रदान गरिरहेका छन ।
त्यस्तै उपत्यका बाहिरबाट पनि सेवा गर्न चाहनेको संख्या उल्लेख्य रहेको आयोजकले जानकारी दिएको छ। यसरी स्वयंसेवकको भूमिका निर्वाह गर्ने व्यक्ति या संस्थाहरुलाई आयोजक मानव सेवा फाउण्डेसनले कार्यक्रमको समयमा प्रशंसा पत्रले सम्मान गर्ने कार्यक्रम राखेको छ।
अततःएक युगमा एकपटक हुने,वेदद्वारा निर्देशित सनातन धर्म, संस्कृति, परम्परा, इतिहासको जगेर्ना सहित मनावतावादको संरक्षण एवं प्रवर्द्धनका लागि,आधुनिक कालखण्डको इतिहास मै सम्भवत पहिलो पटक आयोजना हुन लागेको,सनातन धर्म र मनावतावादको जन्म भूमि, यस वेद भूमिमा साउनको १ गतेबाट ३२ गतेसम्म मानवसेवा फाउन्डेसनको आयोजना एवं आदरणीय गुरु श्री विजय कृष्णमूर्ती महाराज ज्युको नेतृत्वदायी विशेष दिशानिर्देश र नेपाल भारतका विशिष्ट धर्मगुरुहरु, मठाधिश पिठाधिशहरु, जगतगुरुहरु, शंकराचार्यहरु, कथावाचकहरु, धार्मिक अभियानताहरु, विभिन्न धार्मिक संघ संगठनहरुको सक्रिय सहभागीमा काठमाडौंको पशुपतिनाथको प्रांगणमा आयोजना हुन लागेको अखण्ड कोटीहोम एवं महायज्ञ लगायत विविध धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरुमा विश्व भरि छरिएर रहेबसेका सम्पूर्ण सनातन धर्मावलम्बी मानवतावादीहरुलाई सादर आमन्त्रणा सहित आ९आफुले सक्ने जति सबैखाले सहयोगका लागि हार्दिक अपील आयोजकबाट गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे