
काठमाडौँ, १७ जेठ । गृहमन्त्री रवि लामिछाने र महान्यायाधीवक्ताको कार्यालयविरूद्ध परेको रिटको सुनुवाइ आज पनि स्थगित भएको छ । अधिवक्ता अनुपम भट्टराईले नै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ स्थगन गर्न निवेदन दिएपछि आज पनि सुनुवाइ नभएको हो ।
तेस्रो नम्बरमा पेशी रहेको उक्त रिटमाथि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको थियो । न्यायाधीश पोखरेलले यसअघि लामिछानेका केही मुद्दामा कानुन व्यवसायीको रूपमा बहस गरेका थिए । उनले बुधवार सोही कुरा राखेर हेर्न नमिल्ने बारे जिज्ञासा राखेका थिए ।
तर न्यायाधीशले भने आफू नियुक्ति अघिको विवाद नहेर्ने र नियुक्ति पछिको हेर्ने जवाफपछि स्थगित गराइएको थियो । यसअघि बुधवार पनि पोखरेलकै इजलासमा पेशी तोकिएको थियो ।
उक्त इजलासमा स्थगित गर्ने निवेदन दिएर हटाइएको थियो । महान्यायाधिवक्ताको कार्यालयले गत वैशाख २४ गते गृहमन्त्री लामिछानेलाई सहकारीको रकम हिनामिनामा कुनै उजुरीरजाहेरी नरहेको पत्र दिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे