
काठमाडौँ , १ जेठ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि धुम्बाराही सुरु हुँदैछ।
जेठ ३ गते सम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था,गत वैशाख १० मा सम्पन्न भएको उपनिर्वाचनको समिक्षा,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल हुने जनाइएको छ ।
अध्यक्ष राजेन्द्र लिङदेनले भावी कार्यदिशासम्बन्धि प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पार्टीको सांगठनको रणनीति र कार्यनीतिसम्बन्धि प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
सचिवालय प्रमुख हेमजङ गुरुङले सचिवालयसम्बन्धी र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे