
काठमाडौँ , पुस २३ । आज दिउँसो १ बजे देखि मधेस प्रदेश सभाको चौथो अधिवेशनको बैठक सुरु भएको छ। मधेस प्रदेश सभा सचिवालय जनकपुरधामले अधिवेशनको लागि सूचना जारी गरिसकेको छ। यसअघि, मधेस प्रदेश सरकारको निर्णयअनुसार सिफारिस भई, प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यो अधिवेशन आह्वान गर्नु भएको हो।
१६ गते मङ्गलवार सम्पन्न मन्त्रीपरिषद् बैठकले चौथो अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णय अनुसार, प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस २३ गते मङ्गलबार अपराह्न १ बजे अधिवेशन आह्वान गर्नु भएको हो। प्रदेश सभा सचिवालयले नियम ३ को उपनियम (१) र (४) बमोजिम सबै सदस्यलाई सूचना जारी गरिसकेको जानकारी प्रदेश सभा सचिव वासुप्रसाद कोइरालाले दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे