
काठमाडौं,असार ७ ।भर्सीनो एण्ड गोर्खेज इन्टरप्राइजेज द्वारा आयोजना गरिएको मिस भक्तपुर डिभाको पहिलो अडिसन इभेन्ट सम्पन्न भएको छ ।
जुन २० तारिकको दिन आयोजना गरिएको उक्त ब्युटी प्याजेन्ट इभेन्टमा ललितपुर भक्तपुर तथा काठमाण्डौका १७ देखि २४ उमेर वर्ष का महिला प्रतिस्पर्धीहरूको उल्लेखनीय सहभागीता रहेको थियो । ब्युटी प्याजेन्टमा प्रतिस्पर्धीहरूले आफनो बौद्धिकता, टयालेन्ट तथा विभिन्न सांस्कृतिक पक्षहरूको बारेमा आफ्नो प्रस्तुति दिदै त्यसको प्रचार प्रसार तथा प्रवर्धन गर्न सक्ने आयोजकले जानकारी दिएको छ ।
त्यस्तै प्रतिस्पर्धाको दोस्रो अडिसन यही जुन २७ तारिकका दिन आयोजना हुने जानकारी गराईएको छ ।
प्रतिस्पर्धामा विजेताले रु ५०००० क्यास प्राइजका साथै विभिन्न अन्य गिफ्ट हायम्पर र आकर्षक पुरस्कार प्राप्त गर्ने छन ।
प्रतियोगीताको टाइटल स्पोन्सरको रुपमा बिज एजुकेसन रहेको छ भने पावरड बाइको रूपमा कोष्टलाईन भिजा सर्भिस तथा वेभ हिमालयन स्पोर्टस एण्ड फिटनेस सर्भिस रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे