
काठमाण्डौ ।सिलिकन एजुकेशन नेटवर्कले आफ्नो पाँचौं शाखा जडिबुटीमा एक भव्य समारोहका बीच समुद्घाटन गरेको छ, जसले गुणस्तरीय शैक्षिक परामर्श सेवाहरु प्रदान गर्न थप प्रतिबद्धता व्यक्त गरेको छ।
यस कार्यक्रममा क्युंगडोंग युनिभर्सिटी ग्लोबलका अध्यक्ष प्रो. जोन ली र इन्टरनेशनल फ्याकल्टीका डिन जुरायेव सिरोजिद्दिनजस्ता विशिष्ट अतिथिहरूको सहभागीता रहेको थियो।
समुद्घाटन समारोहमा सिलिकन एजुकेशन नेटवर्कका सह-संस्थापकहरू, विभस सुम्सेर कुँवर, सुरेन खड्गी साथै सीईओ आशिष सुम्सेर कुँवर, अभिभावक, विद्यार्थी र शुभचिन्तकहरूको उपस्थित रहेको थियो। सिलिकन एजुकेशन नेटवर्ककी आईईएलटीएस इन्स्टक्टर र एकेडेमीक काउन्सिलर सृष्टि कार्कीले कार्यक्रममा आफ्नो कृतज्ञता व्यक्त गर्दै संस्थाले विद्यार्थीहरूको शैक्षिक र व्यक्तिगत विकासलाई प्रोत्साहन गर्न समर्पित रहेकोमा जोड दिइन्। उनले यस नयाँ शाखाले विद्यार्थीहरूलाई थप शैक्षिक स्रोतहरू र सहयोग उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। साथै, दाङका शाखा व्यवस्थापक विष्णु पोखरेल र बुटवलका कृष्ण भण्डारीले सिलिकन एजुकेशन नेटवर्कले प्रदान गर्ने सेवाहरूको बारेमा आफ्नो दृष्टिकोण साझा गरे।
उनीहरूले संस्थाको विश्वव्यापी सफलता हासिल गर्न विद्यार्थीहरूलाई बिदेश अध्ययन गर्न जान आवश्यक सम्पूर्ण सेवामा सबै शाखाबाट प्राप्त गर्न सकिने सार्वजनिक गरिएको थियो। विश्वविद्यालयका प्रतिनिधिहरूले जडीबुटी शाखालाई शुभकामना व्यक्त गर्दै यसले स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्नेमा विश्वास व्यक्त गरे।
डिल्लिबजार, चाबहिल, बुटवल र दाङमा रहेका विद्यमान शाखाहरूसँगै, जडीबुटी शाखाले यस क्षेत्रका विद्यार्थीहरूको आवश्यकता अनुसार समग्र शैक्षिक अवसरहरू उपलब्ध गराउने तयारी गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे