
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य बनाउने सरकारको निर्णय कार्यान्वयन गराउन सबै जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घ र आफ्ना सम्पूर्ण सदस्यलाई आग्रह गरेको छ।
महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको उक्त निर्णयलाई स्वागतयोग्य ठहराउँदै भनेका छन् कि ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ को पारित हुनु एक सकारात्मक कदम हो।
सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६८ को आधारमा स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात व्यवस्थापन, र बजार प्रवर्द्धनको उद्देश्यले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका – २०८१’ जारी गरेको हो। यस निर्णयले स्वदेशी उत्पादनको प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास महासङ्घले व्यक्त गरेको छ।
महासङ्घले आफ्ना सबै सदस्यलाई नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धन गर्नका लागि आग्रह गर्दै यस कदमलाई सफल बनाउन सहयोग पुर्याउने अपिल गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे