
काठमाडौँ, २७ फागुन ।कोभिड–१९ को महामारी, रुस र युक्रेनबीचको तनाव, अस्थिर राजनीतिलगायतका विभिन्न कारणले मुलुकको अर्थतन्त्र क्रमशः संकुचित हुँदै गएको छ । दुई वर्षअघि अर्थतन्त्रको बाह्य क्षेत्र धरासायी भए पनि अहिले स्थिरता आएको छ । यद्यपि, कम राजस्व सङ्कलन, अपर्याप्त पूँजीगत खर्च, चालु खर्चमा बृद्धि र सार्वजनिक ऋण र यससँग सम्बन्धित दायित्वहरूमा वार्षिक वृद्धि जस्ता मुद्दाहरूमा सार्वजनिक वित्त सूचकहरू नकारात्मक छन्।
पूँजी निर्माण र स्वदेशी उत्पादनमा अपर्याप्त लगानीका कारण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदर अपेक्षित दरभन्दा निकै कम छ । बेरोजगारी र युवा पलायनको समस्या समाधान हुन सकेको छैन । बैंक तथा वित्तीय संस्थामा बढेको तरलताका कारण ब्याजदर घटे पनि कर्जाको माग भने बढेको छैन । बढ्दो मुद्रास्फीति र बजारको माग घट्दा उपभोक्ता बजार नाफामुखी हुन सकेको छैन । पर्याप्त लगानी आकर्षित गर्ने घरजग्गा र पूँजी बजार पनि मन्दीमा छ ।
असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको कूल विदेशी विनिमय सञ्चिति माघको अन्त्यमा १९ दशमलव ९ प्रतिशतले बढेर १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा विशेषगरी २०७९ २०७९ माघ मसान्तमा विदेशी विनिमय सञ्चिति रु १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको थियो।
चालु खाता एवम् शोधनान्तर स्थिति
२०७९/८० माघसम्म २९ अर्ब ६४ करोड रुपैयाँ घाटा रहेको चालू खाता अहिले १ खर्ब ६१ अर्ब ६९ करोड रुपैयाँ बचतमा परिणत भएको छ । अघिल्लो वर्षको अन्त्यसम्ममा मुलुकमा १ अर्ब ४० करोड रुपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी आएको थियो जुन चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ५ अर्ब १८ करोड पुगेको छ । त्यसैगरी, विसं २०७९ माघ मसान्तमा शोधनान्तर स्थिति रु एक खर्ब ३३ अर्ब २१ करोडले बचतमा रहेकोमा २०८० माघ मसान्तमा शोधनान्तर स्थिति रु दुई खर्ब ९७ अर्ब ७२ करोडले बचतमा छ ।
विप्रेषण आप्रवाह
आर्थिक वर्ष २०७९/८० को पहिलो सात महिनामा मुलुकबाट कुल रु ६ अर्ब ८९ करोड विप्रेषण आप्रवाह भएको थियो । चालु आर्थिक वर्षको माघ मसान्तसम्म विप्रेषण आप्रवाह ८ अर्ब ३९ करोड पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.६ प्रतिशतले बढेको हो ।
वैदेशिक व्यापार
चालु आर्थिक वर्षको सुरुको सात महिनामा कुल निर्यात वस्तुको मूल्यमा ७.१ प्रतिशतले कमी आएर ८६ अर्ब ८३ करोड रुपैयाँ बाँकी रहेको छ । त्यसको तुलनामा अघिल्लो आर्थिक वर्षको माघ मसान्तसम्ममा नेपालको वस्तु निकासी ९३ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । साथै, अघिल्लो वर्षको तुलनामा निर्यात मात्र होइन आयातमा पनि कमी आएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही सात महिनाको अवधिमा कुल मूल्य रू १९ अर्ब १७ करोड बराबर रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा रु आठ खर्ब ९७ अर्ब ९४ करोड कायम भएको छ ।
सरकारी वित्त
अघिल्लो आर्थिक वर्ष २०७९/८० को सात महिनामा संघीय सरकारको कुल खर्च ६ खर्ब ६७ अर्ब ६६ करोड रुपैयाँ थियो । जसमा चालु खर्चका लागि रु ५ खर्ब ३१ अर्ब ५० करोड, पुँजीगत खर्च रु ६६ अर्ब ३० करोड र वित्तीय व्यवस्थाका लागि रु ६९ अर्ब ८६ करोड रहेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सरकारको कुल खर्च ८६ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । हालसम्म चालु खर्च ५ खर्ब ९ अर्ब ४ करोड, पूँजीगत खर्च ६३ अर्ब ५८ करोड र वित्तीय व्यवस्था खर्च १ खर्ब १४ अर्ब १३ करोड रहेको छ । अघिल्लो वर्षको तुलनामा चालु र पुँजीगत खर्चमा कमी आएको छ भने वित्तीय व्यवस्था खर्च बढेको छ । वित्तीय व्यवस्थाका लागि छुट्याइएको बजेट सार्वजनिक ऋणको साँवा र ब्याजलाई समेट्न प्रयोग गरिन्छ।
गतवर्षको तुलनामा यसवर्ष राजस्व सङ्कलनमा पनि उल्लेख प्रगति देखिँदैन । गत आर्थिक वर्षको सात महिनामा सरकारले कर राजस्वतर्फ रु चार खर्ब ६४ अर्ब १९ करोड र गैर कर राजस्वतर्फ रु ५० अर्ब ५० करोड गरी कुल रु पाँच खर्ब १४ अर्ब ६९ करोड राजस्व परिचालन भएको देखिन्छ । चालु आर्थिक वर्षको सोहि अवधिमा समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने कर राजस्व रु पाँच खर्ब १० अर्ब ५० करोड र गैर कर रु ५६ अर्ब ९१ करोड गरी कुल रु पाँच खर्ब ६७ अर्ब ४० करोड राजस्व परिचालन भएको छ ।
विसं २०७९ माघ मसान्तमा नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु दुई खर्ब ४ अर्ब ९२ करोड नगद रहेकोमा गत माघ मसान्तसम्ममा रु दुई खर्ब १५ अर्ब २६ करोड नगद मौज्दात छ ।
मुद्रास्फीति
मुद्रास्फीति वृद्धिदर गतवर्षको तुलनामा केही घटेको छ । गत आर्थिक वर्षको माघ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ८८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा पाँच दशमलव ०१ प्रतिशत छ ।
सेवा क्षेत्र
चालु आर्थिक वर्षको माघ मसान्तमा खुद सेवा आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३८ अर्ब ४५ करोड रुपैयाँ नोक्सानको तुलनामा ३७ अर्ब २६ करोड रुपैयाँ नोक्सानी देखाएको छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा नेपाली नागरिकले विदेश भ्रमणका लागि ६२ अर्ब ५७ करोड रुपैयाँ निकासी गरेका थिए । चालु आर्थिक वर्षको सोही अवधिमा यात्रा खर्च ४९.९ प्रतिशतले बढेर १ खर्ब ४ अर्ब ७५ करोड पुगेको छ । नेपाली विद्यार्थीले विदेशमा अध्ययन वा पढाइमा खर्च गरेको रकम गत आर्थिक वर्षको सोही अवधिमा २२ अर्ब ६ करोड रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षको पहिलो सात महिनामा कुल ६६ अर्ब ६४ करोड रुपैयाँ खर्च भएको छ ।
विनिमय दर
विसं २०८० असार मसान्तको तुलनामा विसं २०८० माघ मसान्तमा अमेरिकी डलरसँग नेपाली मुद्रा एक दशमलव ०५ प्रतिशतले अवमूल्यन भएको छ । गत माघ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु एक सय ३२ दशमलव ५६ पुगेको छ । विसं २०७९ माघ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु एक सय ३१ दशमलव ७० पुगेको छ ।
निक्षेप र कर्जा परिचालन
गत वर्ष २०७९ को माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको निक्षेप रु दुई खर्ब ५३ अर्ब ९७ करोड रहेकोमा २०८० माघ मसान्तसम्ममा रु तीन खर्ब ९७ अर्ब २० करोड रहेको छ । त्यस्तै, गतवर्षको शुरुवाती सात महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु एक खर्ब ४८ अर्ब १२ करोड रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा समीक्षा अवधिमा रु एक खर्ब ९७ अर्ब २१ करोड बराबर कर्जा प्रवाह भएको छ ।
ब्याजदर
२०७९ मा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ९.७९ प्रतिशत थियो, तर २०८० को माघसम्म पुग्दा तीन दशमलव ३४ प्रतिशत रहेको छ । बैं२०७९ माघमा कारोबार ५.२९ प्रतिशत थियो भने २०८० माघमा ३.०४ प्रतिशतमा झरेको थियो। २०८० माघमा वाणिज्य बैंकको औसत आधार दर ९.०६ प्रतिशत, विकास बैंकको ११.१३ प्रतिशत र वित्त कम्पनीको १२.७० प्रतिशत थियो। अघिल्लो वर्षको माघमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.७२ प्रतिशत थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे